टेलिकमको सेवा भरपर्दो बनाउन आग्रह
कर्णाली । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले कर्णालीमा टेलिकमको सेवा भरपर्दो बनाउन आग्रह गर्नुभएको छ ।
ऊर्जा मन्त्री सिंह र नेपाल टेलिकम सुर्खेतका प्रमुख शिवराज खनालबिच टेलिफोन टावरमा विद्युतीकरण गर्ने विषयमा आज मन्त्रालयमा भएको छलफलमा मन्त्री सिंहले भरपर्दो टावर बनाउन आग्रह गर्नुभएको हो ।
विद्युतीकरण नहुँदा टावरले कुनै समय काम नगरेको जनाउँदै खनालले मन्त्री सिंहलाई टावर रहेका ठाउँमा विद्युतीकरणका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
मन्त्री सिंहले टावर भएको स्थानलाई विद्युतीकरणमा प्राथमिकता दिने विश्वास दिलाउनुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्