सेनासितको सहकार्यमा जैविक तटबन्ध निर्माण
महेन्द्रनगर । बेदकोट नगरपालिकाले कञ्चनपुरमा नेपाली सेनासितको सहकार्यमा आज नगरपालिका– चतहरीमा जैविक तटबन्ध निर्माण गरेको छ ।
नेपाली सेनाको श्री नं २५ वाहिनी र श्री दल गुल्म भगतपुर ब्यारेकको सैनिक टोलीसँगै नगरपालिका र स्थानीयवासीले संयुक्त रुपमा नदी कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण थालेका हुन् ।
बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले नगरपालिका, सेना र स्थानीयको सहयोगमा करिब ५० मिटर जैविक तटबन्ध निर्माण गरिएको बताउनुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्