जिसस बाजुरामा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित

बाजुरा । जिल्ला समन्वय समिति बाजुराको प्रमुख,उपप्रमुख लगायत सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। य ९ वटा स्थानीय पालिकाका मेयर र उपमेयर अध्यक्ष र उपाध्यक्ष गरी १८ जना मतदाता रहेकामा एमालेसँग १२ मत रहेका थियो।
समन्वय समिति बाजुरामा एमालेको एकल उम्मेदवारी परेको थियो । एमाले सँग १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हो । नेकपा एमालेबाट समन्वय प्रमुखमा गौंमुल गाउँपालिकाका तुलसीराम रोकाया, र उपप्रमुखमा जगन्नाथ गाउँपालिकाकी लाछु सार्की, सहित खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतारा महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्बा देवी विक निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जानकारी दिएको छ ।
जिल्लाका ९ वटा स्थानीय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका, गौमुल, जगन्नाथ गाउँपालिकामा गरी ४ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिवेणी नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका गरी २ वटा पालिकामा प्रमुख उपप्रमुख नेपाली काँग्रेसले जितेको छ ।
जिल्लाका ९ वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको असार २३ गते पहिले नै निर्वाचन सम्पन्न गरिएको भए पनि बुढीगंगा नगरपालिकाको स्थानीय निर्वाचन असार २३ गते सम्पन्न पश्चात् असार ३२ गते कार्यपालिकाको निर्वाचन सम्पन्न भएको पत्र प्राप्त पछि आइतबार जिल्ला समन्वय समितिले पूर्णता पाएको हो।निर्वाचित प्रमुख उपप्रमुख लगायत सदस्यहरूलाई आजै शपथ ग्रहण गराइएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्