तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य रु ९४ हजार ५००

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु ५०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पुगेको  छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९३ हजार ५०० थियो ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button