तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध गाँजा सहित २ जना पक्राउ 

सुनसरी । धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरूबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

शनिबार दिउँसो अस्थायी प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जाँदै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । 

यसरी गाडीमा लागुऔषध गाँजा बरामद भएसँगै चालक शहिदभुमी गाउँपालिका–५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ बाट ठुलो परिमाणको गाँजा सहित १ जना पक्राउ परेका छन् । 

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले  पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ख २९२६ नम्बरको  पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारी बरामद गरेको हो । 

पिकअपमा गाँजा बरामद भएसँगै चालक सहिद भूमि गाउँपालिका–२ धनकुटाका २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय  सुनसरीबाट थप अनुसन्धान भइरहेको छ   ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button