तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय सल्यानद्वारा १ करोड बढी राजस्व सङ्कलन

सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानले आर्थिक वर्ष २०७८/०७९ मा १ करोड १७ लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभिन्न शीर्षकमा १ करोड १७ लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रशासनले जानकारी दिएको छ ।

राहदानीबाट १ करोड १४ लाख १ हजार, प्रशासनिक दण्ड जरिवाना मार्फत २ लाख ४८ हजार, हातहतियार नवीकरणबाट ६० हजार ४ सय ५० र अन्य सेवा शुल्कमार्फत २० हजार २ सय २० र आन्तरिक बढुवा परीक्षा शुल्क ६ हजार ४ सय गरी जम्मा १ करोड १७ लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो ।

प्रशासनबाट २०७८/०७९मा ७ हजार ३ सय ६३ जनाले नयाँ नागरिकता र ३ हजार ४ सय २० जनाले नागरिकताको प्रतिलिपि लिएको खड्काले भनाई छ । यस्तै राहदानी २०७८ साल फाल्गुन मसान्त सम्म १ हजार ९ सय ६५ जनाले सिफारिस लिएको र १ हजार १ सय ७ जनाले जिल्लाबाट राहदानी लिएको उहाँले बताउनुभयो । सल्यानबाट ९ हजार १ सय ६८ जनाको विवरण सङ्कलन गरेकोमा २ सय २७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको खड्काको भनाई छ ।

गत आ..व. २०७७/०७८ मा ५ हजार २ सय ७८ नयाँ नागरिकता र १ हजार २ सय ५१ जनालाई प्रतिलिपि वितरण गरिएको थियो । गत आ.व मा भने ५० लाख ७ हजार ९ सय ७७ मात्र राजस्व सङ्कलन भएको थियो । कार्यालयले राहदानीबाट ४२ लाख २५ हजार ५ सय, हातहतियार नवीकरणबाट १० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालयले जिल्लाबाट ५ सय ६६ राहदानी वितरण गरेको थियो भने सिफारिस लिने १ हजार ५७ जना र जिल्ला वाट ७ सय ९० जनाले राहदानी लिएका थिए ।

२०७८।०७९मा १४ जनाले हातहतियार नवीकरण गरेका छन् । जिल्ला प्रशासनमा २०७८/०७९मा ३० मुद्दा दर्ता भएकोमा २३ वटा मुद्दा फैसला भएका छन् भने ७ मुद्दा फैसला हुन बाँकी रहेका खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button