तपाईँ सुन्दै हुनुहुन्छः

इनरुवा नगरपालिकाको काम छ दिनदेखि ठप्प

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप नगर्ने भएपछि उनीहरू आन्दोलनमा उत्रेका छन् ।

करारमा कार्यरत ५७ जनालाई एकसाथ अवकाश दिएपछि उनीहरू आन्दोलनमा उत्रिएर म्याद थपको माग गर्दै मूल गेटमा धर्ना बसेकाले छ दिनदेखि नगरपालिकाको कामकाज ठप्प भएको छ ।

यस अघिको स्थानीय सरकारले करारमा नियुक्त गरेका कर्मचारीको म्याद नवनिर्वाचित जनप्रतिनिधि आएपछि थप नगर्ने भएपछि उनीहरू आन्दोलनमा उत्रेका हुन । नगरपालिकाको मुलगेटमा रिले अनसन भएकाले छ दिनदेखि कार्यालयको कामकाज ठप्प भएको हो ।

अघिल्लो स्थानीय सरकारले करार सेवामा राखेर काम लगाएका कर्मचारी सबैको म्याद थप नगर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button