बिपी कोइरालाको ४० औँ स्मृति दिवसमा वृक्षारोपण
सुनसरी । सुनसरीका विभिन्न स्थानमा महामानव बिपी कोइरालाको ४० औ स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसले वृक्षारोपण गरेको छ ।
नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ (ख) प्रदेश सभा कार्य समिति तथा हरिनगर गाउँपालिका कार्य समितिको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा प्रदेश १ सदस्य अम्बिका घिमिरे, सुनसरी ४ (ख) सभापति भिखारी मण्डल, हरिनगर गाउँ सभापति नुनु अन्सारी, हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगत, उपसभापति केशरीराज अधिकारी, सचिवद्वय विष्णुदेव मण्डल र नइम अन्सारी, राजेश पाल र सलामुद्दिन अन्सारी सहितले वृक्षारोपण गर्दै कोइरालाको जीवनीमाथि चर्चा गर्नुभएको थियो ।

त्यसैगरी हरिनगरका वडा सभापतिहरू सेराजुद्दिन मियाँ, जयचन झा, सुरेश मण्डल, उपसभापति जियाउद्दिन अन्सारी, सचिव जुबेर अन्सारी, क्षेत्रिय प्रतिनिधि मजहर आलम लगायतका नेता कार्यकर्ताहरूको उपस्थितिमा हरिनगर गाउँपालिका १ को बालकृष्ण माविमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हरिनगर सचिव राजेश कुमार पालले जानकारी दिनुभयो ।
उता शुक्रबार बिहान बिपी स्मृति दिवसको अवसरमा युवा वर्ष आधारभूत विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका कार्यालयमा सरसफाइ, नेपाली कांग्रेस गाउँपालिका समितिको कार्यालय उद्घाटन गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्