तपाईँ सुन्दै हुनुहुन्छः

दुई पालिका जोड्ने मितेरी पुल निर्माण सुरु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारसँग आश्रित रहेका म्याग्दे गाउँपालिका ५ का स्थानीयलाई सेवा दिन कुम्ले खोलामा मोटरेवल मितेरी पुल निर्माण सुरु गरिएको छ । 

पुल बनेसँगै म्याग्दे गाउँपालिकाका साउनेपानी, बोटेनी, खुर्सानीबारी लगायतका बस्तीबाट बजारको सेवा लिन तथा शिक्षा, स्वास्थ्य लगायतका महत्पूर्ण सुविधा लिन खैरेनीटारसम्म पैदल हिँड्नुपर्ने बाध्यता हट्ने भएको छ । 

कुम्लेखोलामा निर्माण हुन लागेको यो पुलका लागि शुक्लागण्डकी नगरपालिकाले ७५ लाख र म्याग्दे गाउँपालिकाका ७५ लाख लगानी गर्ने शुक्लागण्डकी नगरपालिका ७ का वडाध्यक्ष खड्कसिं थापाले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार यो २६ मिटर लम्बाइको हुनेछ । 

दुई पालिकाका नागरिकलाई आवतजावतमा सहज हुने गरी बन्ने पुलको बिहीबारबाट निर्माण सुरु भएको हो । 

मोटर चल्ने सडक नहुँदा यहाँका विद्यार्थीहरूले दुख झेल्नुपर्ने बाध्यता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button