तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २० जना

चितवन । चितवनमा बिहीबार थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमित भरतपुर महानगरपालिका भित्रका रहेका छन् । १४ जनामा पिसिआर परीक्षणबाट चार जनामा सङ्क्रमण पुष्टि स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
थपिएका चारसहित चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । जसमध्ये तिन जना भरतपुर अस्पतालमा उपचाररत छन् भने १७ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button