ट्राफिक प्रहरी कार्यालय झापाद्वारा ३ करोड ३८ लाख २९ हजार राजश्व सङ्कलन

भद्रपुर, झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक वर्ष ०७८÷७९ मा ३ करोड ३८ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ ।
सवारी कारबाहीबाट ट्राफिकले अघिल्लो आर्थिक वर्षभन्दा झण्डै ३० लाख कम राजश्व सङ्कलन गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा झापा ट्राफिकले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।
४७ हजार ९ सय सवारी कारबाहीबाट ट्राफिकले उक्त राजश्व सङ्कलन गरेको हो । सबैभन्दा धेरै मोटरसाइकल कारबाहीबाट १ करोड २५ लाख ६३ हजार राजश्व सङ्कलन गरेको छ ।
ट्रक कारबाहीबाट ९६ लाख ६१ हजार ५ सय, बस कारबाहीबाट १३ लाख २५ हजार, कार जीप कारबाहीबाट ४३ लाख ९२ हजार, ट्याक्टर कारबाहीबाट २५ लाख ६८ हजार ५ सय, ट्याम्पो र अन्य गरी ३३ लाख १९ हजार राजश्व सङ्कलन भएको झापा ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्