बीरगंजमा चट्याङ लागेर एक जनाको मृत्यु
बीरगंज । बीरगंजमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा आज अपराह्न ५ः३० बजे चट्याङ लागेर खेतमा काम गरिरहेका स्थानीय ३२ वर्षीय दिनानाथ ठाकुरको मृत्यु भएको हो
पानी परेपछि रोपाइँका लागि खेतमा आली लगाउने क्रममा अचानक चट्याङ परेपछि ठाकुरको घटनास्थलमै मृत्यु भएको नेपाली कांग्रेसका स्थानीय नेता श्रीकान्त उपाध्यायले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्