तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली कागजात पेश गरी नागरिकता लिन खोज्ने एक जना पक्राउ 

बीरगंज  । ईलाका प्रशासन कार्यालय सुपौलीमा आज नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिन खोज्ने एक जनालाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानी निवासी २२ वर्षीय मिरहसन अन्सारी रहेका छन् । 

अभियुक्त अन्सारीले आफ्नो श्रीमतीको नागरिकता बनाउने क्रममा श्रीमतीको बुवाको नागरिकता जन्मको आधारमा रहेको तर अन्सारीले कागजमा केरमेट गरी वंशजको बनाएर नागरिकता लिन खोजेपछि अनुसन्धान गर्दै जाँदा कागजात नक्कली भएको प्रमाणित भएपछि निजलाई ईलाका प्रशासन कार्यालयबाटै नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।

नक्कली कागजात पेश गरी नागरिकता लिन खोजेको आरोपमा अभियुक्तलाई कानुन बमोजिम मुद्दा चलाइने पौडेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button