रुसी सैन्य कारबाही युक्रेनको पूर्वी भागमा मात्र सीमित नहुने : रुसी विदेशमन्त्री

काठमाडौं । रुसका विदेशमन्त्री सर्गे लाभ्रोभले रुसी सेनाको सैन्य कारबाही युक्रेनको पूर्वी भागमा मात्र सीमित नहुने बताउनु भएको छ ।
रुसी सञ्चारमाध्यमलाई दिनु भएको अन्तरवार्तामा विदेशमन्त्री लाभ्रोभले पश्चिमा मुलुकहरूले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र प्रदान गरे पछि रुसले पनि रणनीति परिवर्तन गर्नु परेको बताउनु भयो ।
विदेशमन्त्री लाभ्रोभले अब रुसले आफ्नो सुरक्षाका लागि भए पनि युक्रेनी सेनालाई पूर्वी क्षेत्रबाट पनि पछि धकेल्न बाध्य भएको बताउनु भएको छ ।
यसैबीच अमेरिकाले युक्रेनलाई थप लामो दुरीको क्षेप्यास्त्र प्रदान गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्