सोलुखुम्बुमा थपिए तेह्र सय मतदाता
सोलुखुम्बु । सोलुखुम्बुमा एक हजार जना भन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि हालसम्म जिल्लामा थप एक हजार ३ ७४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
यस अवधिमा जिल्ला निर्वाचन कार्यालय सल्लेरीबाट ३६८ जना, जिल्ला प्रशासन कार्यालय डेस्कबाट ६४२ जना र इलाका प्रशासन कार्यालय सोताङबाट ३६४ जनाले नाम दर्ता गराएका हुन् । त्यस्तै, १२२ जनाले मतदान केन्द्र सार्न र १९ जनाले त्रुटि सच्याउन निवेदन दिएका छन् ।
हालसम्म जिल्लामा कूल मतदाताको सङ्ख्या ८१ हजार ३९३ जना पुगेको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले गत असार १ गतेबाट आसन्न सङ्घ तथा प्रदेश निर्वाचनको मिति घोषणा नभएसम्मका लागि फोटोसहितको मतदाता नामावली दर्ता खुला गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्