व्यवहारमा कार्यान्वयन गर्न सकिने गरी कानुनको निर्माण हुनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले व्यवहारमा कार्यान्वयन गर्न सकिने गरी कानुनको निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ ।
बैठकको विशेष समयमा सांसद प्रकाश पन्त, राधेश्याम पासवान, उदयबहादुर बोहोराले देशको संघीय व्यवस्थालाई संस्थागत गर्ने गरी समाज र समयानाकुल कानुन संशोधन गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
सांसदहरु डा. विमला राई पौड्याल, मोहम्मद खाली, महेशकुमार बोहोरा, इन्दुकुमार बोहोरा, इन्दु कडरीयाले सुकुम्बासी बासिन्दा, सीमा नाका, सन्धि तथा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी सरकारको स्पष्ट मत हुनुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले अर्थ मन्त्रालयको विवादित सिसिटिभी फुटेजको विषयमा सत्य तथ्य यथाशीघ्र बाहिर ल्याउन र दोषी माथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्