तपाईँ सुन्दै हुनुहुन्छः

रुस र इरानी राष्ट्रपति भेटवार्ता

तेहरान। रुस र इरानका राष्ट्रपतिबीच मङ्गलबार इरानको राजधानी तेहरानमा भेटवार्ता भएको छ । मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुगेका थिए । उहाँ इरान पुगेलगत्तै इरानी राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गर्नुभएको बताइएको छ ।

यस क्षेत्रमा क्षेत्रीय सुरक्षाको प्रवद्र्धनका साथै आपसी सहयोग र सम्बन्धको विकासका क्षेत्रमा उहाँहरुका बीचका कुराकानी भएको तेहरानबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

राइसी इरानको राष्ट्रपति भएपछिको इरानको अवस्थाका बारेमा पनि सो आपसी भेटमा कुराकानी भएको थियो । त्यसैगरी दुई देशकाबीचमा व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधारको निर्माण आपसी आर्थिक सहयोग, उर्जाका विषयमा कुराकानी भएको थियो ।

त्यसैगरी उद्योगको विकास र संयुक्त रुपमा गर्न सकिने लगानी आदिका विषयमा पनि कुराकानी भएको इरानका राष्ट्रपति कार्यालय को वेभसाइटमा जनाइएको छ ।
सिरियामा आतङ्कवादका विरुद्धमा सामूहिक रुपमा सङ्घर्ष गरेका विषयमा पनि सो कुराकानीका अवसरमा जनाइएको थियो । उनीहरुले सिरियामा आतङ्कवादका विरुद्धमा लड्न सफलता प्राप्त गरेको बताउनुभएको थियो ।

यी बीचका आगामी दिनमा आपसी हितका साथै साझा चासोका विषयमा मिलेर अघि बढ्ने बारेमा कुराकानी भएको पनि सो वेभसाइटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button