तपाईँ सुन्दै हुनुहुन्छः

कोरियामा कोरोना सङ्क्रमण बढ्यो

सोल। दक्षिण कोरियामा बितेका २४ घण्टा अघिको तुलनामा मङ्गलबार मध्यरातसम्म ७६ हजार चारसय दुईजनामा  कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना  सङ्क्रमितको सङ्ख्या  एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या  ९६ पुगेको छ । सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ७७ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् । सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button