तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. रौनियारको निधन

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको निधन भएको छ ।

भारतको कोलकातामा विगत एक हप्तादेखि उपचार गराइरहनुभएका रौनियारको ५६ वर्षको उमेरमा मङ्गलवार (आज) बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित रौनियारका एक छोरा छन् ।

रौनियारको भोलि मिति २०७९ साल श्रावण ४ गते बिहान ९ बजे सुनसरीको दुहबी ५ स्थित बुढीखोला आर्यघाटमा दाहसंस्कार गरिने निजका दाजु गौरीशङ्कर रौनियारले जानकारी दिनुभयो ।

प्रतिष्ठानको उपकुलपति रहेकै समय २०७६ असारमा अख्तियारले उनलाई भतिजा डा. रामहरि रौनियारसहित पक्राउ गरेको थियो । पक्राउ परेका रौनियारले भ्रष्टाचारको मुद्दाबाट गत जेठमा सफाइ पाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button