तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा भत्ताको रकमबाट गाउँमा धारा निर्माण

गोरखा । गोरखा नगरपालिका–१ स्थित छापथोक निवासी ७४ वर्षीया मनकुमारी भट्टले सामाजिक सुरक्षा भत्ता बापत पाएको रकमबाट गाउँमा छानो सहितको धारा निर्माण गर्नुभएको छ ।

कालोपत्रे सडकमा एउटा कालो पाइपलाई काठको लौरोमा अड्याएर गाउँलेहरूले पानीको प्रयोग गर्दै आइरहेका थिए । धारा निर्माणपछि गाउँलेहरूलाई पानी भर्न जान सहज भएको पानी पर्दा र घाम लाग्दा ओत लाग्ने ठाउँ समेत भएको स्थानीय रुपमती भट्टले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता गाउँमा सेवाका लागि खर्चने आफ्नो योजना अनुसार धारा निर्माण गरेको मनकुमारीले बताउनुभयो ।

सार्वजनिक स्थानमा छानो सहितको धारा जिल्लामा पहिलो पटक देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button