तपाईँ सुन्दै हुनुहुन्छः

बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ

बर्दिया । बर्दियामा बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २६ का मानबहादुर रजाली रहेको छन् ।

रजालीले घरमा कोही नभएको मौका छोपी सोही स्थान बस्ने ७ वर्षकी नाबालिकालाई जबरजस्तीकरणी गरिरहेको अवस्थामा बालिकाको आफन्तले देखी हारगुहार गरेपछि स्थानीय तथा प्रहरीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

रजालीलाई  जबरजस्तीकरणी मुद्दा शीर्षकमा जिल्ला अदालत बर्दियाबाट थप म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदेश सापकोटाले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button