कोरोना महामारी समाप्त नभएसम्म नेपालसँग माहामारी रोकथामका लागि मिलेर काम गर्नेछाैँ : युएसएआईडी

काठमाडाैँ । कोरोना महामारी समाप्त नभएसम्म नेपालसँग माहामारी रोकथामका लागि मिलेर काम गर्ने अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले जनाएको छ ।
नेपालका लागि युएसएआईडीका मिसन निर्देशक सेपिडी केभान्शाडले कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाललगायत देशसँग महामारी समाप्त नभएसम्म खोप, उपकरण, तालिम र पूर्वाधार दान गर्ने आफ्नो प्रतिबद्धताबाट अमेरिका पछि नहट्ने प्रतिबद्धता दोहोर्याउनुभएको हो ।
अमेरिकाले युएसएआईडीमार्फत नेपाललाई हालसम्म ८२ लाख खोप उपलब्ध गराएको छ भने १२ करोड ४० लाख अमेरिकी डलर सहयोग गरिसकेको छ ।
केभान्शाडले अमेरिकी राष्ट्रपति जो बाइडेन कोभ्याक्समार्फत विश्वभर भ्याक्सिन आपूर्ति गर्ने प्रतिबद्धतामा अडिग रहेको बताउनु भयो ।
उहाँले अमेरिका कोभ्याक्स सुविधाका लागि सबैभन्दा ठूलो योगदानकर्ता रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्