तपाईँ सुन्दै हुनुहुन्छः

मानव र वन्यजन्तुको द्वन्द्व न्युनिकरण गर्न तार जाली

बर्दिया । वन वन्यजन्तु जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय बर्दियाको करिब २० लाखको लागतमा बर्दियाको बारबर्दिया नगरपालिका वडा न ८ औरी थानफेनामा ८ सय ५० मिटर तार जाली लगाइएको छ ।

मानव र वन्यजन्तुको द्वन्द्व न्युनिकरण गर्न डिभिजन वन कार्यालयले बर्दियाले २० लाखको बजेट छुट्टाइ औरी थानफेनामा तार जाली लगाएको र समय समयमा यसको अनुगमन भइरहेको  डिभिजन वन कार्यालयले बर्दियाका सूचना अधिकारी द्रोण राज शर्माले बताउनुभयो ।

बेला बेलामा जनावरबाट सास्ती भइरहेको बेला प्रदेश सरकारको बजेट अन्तर्गत  २०७७/७८मा १७ सय ५० मिटर तार जाली लगाइएको हो । यस कार्यलाई निरन्तरता दिँदै यस ०७८/०७९मा ८ सय ५० मिटर तार जाली लगाइएको संरक्षण क्षेत्रमा दुई दशक काम गरेका भादा उपभोक्ता संरक्षण समितिका अध्यक्ष लिखीराम थारुले बताउनुभयो  ।

हामीले करिब २६ सय मिटर तारबार गरिसकेका छौ यसबाट करिब ६ हजार जनसङ्ख्या लाभान्वित भएका छन् र यस कामलाइ निरन्तरता दिइरहनेछौँ थारुले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर विष्टले मानव र वन्यजन्तुको द्वन्द्व न्युनिकरण गर्न डिभिजन वन कार्यालय बर्दियाले गरेको काम प्रशासनीय रहेको र लगाएको तार बारलाई स्थानीय आफूले पनि संरक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button