२९ वर्षीय थारु तरकारी व्यवसायमा रमाउँदै
बर्दिया । पेसाले कृषि व्यवसायी भन्न रुचाउने २९ वर्षीय दिलीप कुमार थारु हाल तरकारी व्यवसायमा व्यस्त हुनुहुन्छ । बर्दिया घर भएका थारु हाल गुलरिया नगरपालिका–१२ भैसाही मा बस्नुहुन्छ । उहाँले वि.सं. २०७४ सालमा तरकारी खेतीको व्यवसायी सुरुवात गर्नुभएको थियो ।

२०७४ सालमा आफ्नै गाउँ ठाउँमा केही गरौँ भन्ने उद्देश्यले करिब १० कट्ठा जमिनमा तरकारी खेतीको व्यवसायी सुरुवात गर्नुभएको थियो । उहाँको आफ्नो १२ कट्ठा जग्गा मात्र छ । हालसम्म उहाँले करिब (४ बिगाहा ) ढाइ हेक्टरमा जगा भाडामा लिई ठूलो मात्रामा तरकारी खेती गर्नुभएको छ ।

‘सिजन अनुसारको तरकारी खेती गरिराखेको छु । पहिला परम्परागत खेती गर्दा बर्षौटे बालीमा त्यति आम्दानी नहुने र खेती बाहेक खाली समयमा केही काम पनि नहुने हुँदा केही नयाँ गरौँ भन्ने सोचका साथ तरकारी खेतीको सुरुवात गरेको हुँ । अहिले परिवारका सबै जना १२ महिना नै व्यस्त हुन्छौ’ हाँस्दै थारुले बताउनुभयो ।
सानै उमेरमा जिम्मेवारी बोक्नुभएका थारुले हाल ५ जनालाई मासिक रुपमा तलब दिई रोजगारी दिनुभएको छ भने दैनिक ज्यालामा समेत गाउँघरका स्थानीयलाई काम दिनुभएको छ ।

थारुले ‘दिलीप लघु कृषि तथा पशु फर्म’ दर्ता गरी व्यावसायिक रुपमा तरकारी खेतीको व्यवसाय अँगाल्नुभएको हो । फर्ममा हाल चिचिन्डा, फर्सी, लौका र तोरइ फलेको थारु बताउनुहुन्छ । बारीमा रहेका तरकारी बिक्रीमा केही समस्या नरहेको उहाँको भनाइ छ ।

तरकारी बिक्रीबाट थारुले सबै खर्च कटाएर सिजनमा मासिक १ लाखसम्म आम्दानी गरिरहनुभएको छ ।
लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट २०७७ साल माघ १३ गते सम्झौता भई करिब २ लाख बढीको रकम सहयोग पाएको थारुले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्