कृत्रिम ड्रगान झरना सञ्चालनमा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका–३ भोताङ, छिम्ति भिरमा आज श्रावण १ गतेबाट कृत्रिम ड्रगान झरना सञ्चालनमा आएको छ ।

पाँचपोखरी भित्र थप एक पर्यटन केन्द्रको रूपमा झरना रहने विश्वास लिइएको छ ।

सांसद शेरबहादुर तामाङको संसद् विकास कोषबाट दश लाख र अन्य सहयोगमा झरना निर्माण गरिएको वडाध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्