तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी बिदाको अवज्ञा गर्ने विद्यालयलाई कारबाही गरिने 

बीरगंज  ।  बीरगंज महानगरपालिकाले जारी गरेको बर्षे तथा गर्मी बिदाको अवज्ञा गर्ने निजी तथा सामुदायिक विद्यालयलाई कारबाही गर्ने भएको छ ।

बढ्दै गएको गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन वीरगञ्ज महानगरपालिकाले घोषणा गरेको गर्मी बिदाको निर्णयलाई अवज्ञा गर्ने विद्यालयलाई कारबाही गरिने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताउनुभयो । 

महानगरपालिकाले आज साउन १ गतेदेखि २० गतेसम्म वर्षे बिदाबाट कटौती हुने गरी विद्यालय बन्दको घोषणा गरेको छ । 

महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत निजी विद्यालयले अनिवार्य रूपले महानगरपालिकाले बिदा दिने निर्णय गरेको हुँदा यसको अवज्ञा गर्नेलाई कारबाही गरिने प्रमुख कर्णले बताउनुभयो ।  

विद्यालय बन्दको निर्णय नमानी केही निजी विद्यालयहरूले स्कुल सञ्चालन गरेको र केहीले ३ गतेदेखि सञ्चालन गर्ने सूचना जारी गरेको भेटिएको हुँदा यस्ता विद्यालयलाई तत्काल कारबाही गरिने प्रमुख कर्णले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button