तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण 

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस प्रदेशको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक,२०७९ प्रमाणीकरण गर्नुभएको छ । 

प्रदेशसभाबाट पारित प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक,२०७९ लाई प्रमाणीकरण गरिएको मधेश प्रदेशका प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । 

उक्त विधेयक प्रदेश सभाको असार २६ गते बसेको बैठकले विधेयक पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button