प्रादेशिक अस्पतालमा कार्यरत १ सय २५ करारका कर्मचारी आजदेखि हटाइए

जनकपुरधाम । मधेश प्रदेशको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका सम्पूर्ण करारका कर्मचारीहरू आजदेखि हटाइएको छ ।
शुक्रबार प्रतिष्ठानले सूचना प्रकाशित गरी मिति २०७७ कार्तिक २५ गते पछिका नियुक्तिहरू मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभएसम्म हाजिर नगराउने जनाएको हो ।
सो अवधिमा भर्ना भएका करारका कर्मचारीको आज अर्थात् साउन १ गतेदेखि हाजिरी तथा कामकाज नगर्न ÷नगराउन प्रतिष्ठानले सूचनामार्फत जानकारी गराएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाममा मिति २०७७ कार्तिक २५ गते पछिका नियुक्तिहरू मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण कर्मचारीहरूलाई नयाँ आर्थिक वर्ष २०७९/ ०८० को श्रावण १ गतेदेखि म्याद थप नहुँदासम्म कार्यालयमा हाजिर नगर्न र नगराउन तथा कामकाज नगर्न र नगराउन हुन सम्बन्धित सबैमा जानकारी गराइएको अस्पताल प्रशासन प्रमुख डा.कृष्णदेव दासद्वारा जारी सूचनामा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्