तपाईँ सुन्दै हुनुहुन्छः

परीक्षा केन्द्र सारिएको विरोधमा क्याम्पसमा तोडफोड र आगजनी

वीरगञ्ज । वीरगञ्जको शैक्षिक धरोहरको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र अन्यत्र सारिएको विषयलाई लिएर गरिएको तोडफोड र आगजनीको घटनाप्रति अहिले शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

वीरगञ्जको ठाकुर राम क्याम्पसको पठन पाठन विगतमा नेपालकै नमुना र स्तरीय हुने गरेको अवस्थामा विगत दुई दशकदेखि क्याम्पसलाई राजनीति अखडा बनाएर पठनपाठन ध्वस्त पारिएपछि ठाकुर राम क्याम्पसको अवस्थामा नाजुक बन्दै गएको उनीहरूको गुनासो छ ।

देशभर कहिबाट पास हुन नसकेपछि ठाकुर राम क्याम्पसमा आएर भर्ना हुने र मार्क सिट अर्थात् सर्टिफिकेट हात पार्ने केन्द्रको रुपमा विकास हुँदै गएको ठाकुर रामको शैक्षिक अवस्था सुधार्न परीक्षा केन्द्र अन्यत्र पारिएपछि सोको विरोधमा क्याम्पसमा तोडफोड र आगजनी भएको हो ।

प्रहरीले क्याम्पसमा तोडफोड र आगजनी गर्ने ४ जनालाई पक्राउ गरेको छ । सो क्रममा अखिल क्रान्तिकारीका नेता मिरोज हवारी, अनेरास्ववियुका नेता आशीफ अहमद अुसेन, समाजवादी विद्यार्थी सङ्गठनका महम्मद सागीर अली र सम्साद अन्सारीलाइ नियन्त्रणमा लिएको हो ।

परीक्षा सेन्टर वीरगन्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशित विद्यार्थीहरूको समूहले शुक्रबार साँझदेखि बेलुकीसम्म क्याम्पस परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

चार वर्षे बि एडको परीक्षा भने आधा विद्यार्थीको वीरगन्जकै हरिखेतान बहुमुखी क्याम्पस र बाँकी आधा विद्यार्थीको लागि बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएपछि आक्रोशित विद्यार्थीहरूले शुक्रबार साँझ प्रदर्शन गरेका हुन् ।

क्याम्पस प्रमुख उमेश चौरसीयाले परीक्षा सेन्टर अन्यत्र सारिएको निहुँमा क्याम्पसमा तोडफोड र आगजनीका घटना हुनु निन्दनीय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button