तपाईँ सुन्दै हुनुहुन्छः

६७ दशमलव ६५ क्युफिट सालको गोलियासहित बोलेरो गाडी बरामद

चितवन । चितवनको एक सामुदायिक वनबाट ६७ दशमलव क्यूफिट सालको गोलियासहित बोलेरो गाडी बरामद भएको छ ।

बिहीबार भरतपुर महानगरपालिका–११ स्थित नवजागृति वनबाट सो परिमाणको अवैध काठ बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामुदायिक वनमा अवैध रुपमा ना ४ च ४४१२ नं. को बोलेरो गाडीमा लोड गरी राखिएको सालको काठ ६७.६५ क्यु फिट फेला परेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button