तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिको प्रयोगबाट सामाजिक जीवनलाई फलदायि बनाउनुपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञान प्रविधिको प्रयोगबाट शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सामाजिक जीवनको सबै क्षेत्रलाई फलदायि बनाउनुपर्ने बताउनुभएको छ ।

नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले मानवजातीको सेवाको निम्ती विज्ञान प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विज्ञान र प्रविधि मानिसको आवश्यकतामा आधारित भएर नै आविष्कार हुँदै अहिले डिजिटलाइजेसनको युगमा पुगेको बताउनुहुँदै नेपालमा भएका आइटी कलेजबाट उत्पादन भएका वैज्ञानिक विद्यार्थीको विभिन्न देशमा माग हुने गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशमा परिवर्तन पुँजीपति वर्गले नभई मध्यम तथा मजदुर वर्गहरूले गरेको भन्नुहुँदै प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुङ्गिएको समेत बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेता घनश्याम भुषालले कर्मचारीतन्त्र, राजनीतिक दल सबै राम्रो भएमात्र वैज्ञानिक चेतनाको विकास भई विज्ञान प्रविधिको सही प्रयोग हुने बताउनुभयो ।

उहाँले राम्रो राजनीतिक पार्टी हुन वैज्ञानिक चेतनाको पनि उत्तिकै विकास हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button