कञ्चनपुरको गोबरैयामा दिउँसै लुटपाट
कञ्चनपुर। भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधवार दिउँसै लुटपाट गरेका छन् । निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितको उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ । प्रहरीले घटना बारे अनुसन्धान थालेको छ ।






प्रतिक्रिया राख्नुहोस्