तपाईँ सुन्दै हुनुहुन्छः

शारदा नगरपालिकाले १ सय १४ कर्मचारी कटौती गर्ने

सल्यान । सल्यानको शारदा नगरपालिकाले १ सय १४ जना करार कर्मचारी कटौती गर्ने भएको छ ।

आर्थिक स्रोत नभएको र आर्थिक मितव्ययिता अपनाउने भन्दै नगरपालिकाले १ सय १४ कर्मचारीको म्याद थप नगर्ने भएको हो ।

बुधवार बसेको नगर कार्यपालिकाको बैठकले करार कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको हो । उनीहरूको २०७९ साउन १ गतेदेखि लागु हुने गरी सम्झौता थप नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो ।

म्याद थप नगरिनेमा १ सय ४ जना सडक मर्मत सम्भार कर्ता र १० जना सामाजिक परिचालक रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button