‘ताल्चा’ कथा सङ्ग्रहको भोजपुरमा परिचर्चा
भोजपुर । कवि तथा कथाकार दिलीप बान्तवाको ‘ताल्चा’ कथा सङ्ग्रहको भोजपुरमा परिचर्चा गरिएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा सिर्जना वाचन तथा कथाकार बान्तवाको कथा सङ्ग्रहका विषयमा परिचर्चा भएको हो ।

दक्षिण कोरियामा रहेका भोजपुरको दक्षिण हतुवागढी गाउँपालिकाका कवि तथा कथाकार बान्तवाको कथा सङ्ग्रहमा सशस्त्र द्वन्द्वकालीन अवस्थादेखि भोजपुरको हतुवागढी क्षेत्र र कोरियाको परिवेशमा आधारित भएर लेखिएका १० वटा कथाहरू समेटिएका छन् ।

कथा सङ्ग्रहका विषयमा अमृका ताम्राकार, बिष्णु कुमार राई, गणेश कुमार श्रेष्ठ र सुरेन्द्र कार्कीले परिचर्चा गर्दै त्यसभित्र समेटिएका विषयमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष सुवास विवश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, समिति उपप्रमुख अनिशा खडका, भोजपुरका अग्रज कवि तथा साहित्यकार शेरबहादुर मोक्तान (मोक्तान भाइ) लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्