तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात रोगले अफगानिस्तानमा बीस बालबालिकाको मृत्यु

काठमाडौँ । अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको  मृत्यु भएको छ । 

बितेका दुई दिनमा  बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ । बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको अधिकारीले बताए ।

अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय  रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन्। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button