प्रतिनिधिसभा : स्वास्थ्य उपचार नपाएकोमा चिन्ता

काठमाडौँ।प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकोमा चिन्ता व्यक्त गरिएको छ । बैठकमा समय लिएर नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो अनुरुप उपचार नपाएकोमा चिन्ता प्रकट गर्नुभएको हो ।
उहाँले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैङ्कका गभर्नरले शेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्