तपाईँ सुन्दै हुनुहुन्छः

गभर्नरबारे छानबिन गर्न माग

file photo

काठमाडौँ।प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैङ्कको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गर्नुभयो ।

उहाँले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग गर्नुभयो । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button