श्रीलङ्काका राष्ट्रपति राजपाक्षे देश छोडेर मालदिभ्सको राजधानी मालेमा

काठमाडौं । विषम आर्थिक संकट झेलिरहेको श्रीलङ्काका राष्ट्रपति गोटा भया राजपाक्षे देश छोडेर मालदिभ्सको राजधानी माले पुग्नु भएको छ ।
७३ वर्षिय राजपाक्षे सैन्य हवाई जहाज चढेर आज बिहान स्थानीय समय ३ बजे माले पुग्नु भएको बिबिसीले जनाएको छ ।
राजपाक्षेको प्रस्थानले श्रीलङ्काको राजनीतिमा दशकौँ सम्म दबदबा बनाएको राजपाक्षे परिवारको विरासत अन्त्य भएको छ ।
गत शनिवार प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरे यता राष्ट्रपति गोटाभया अज्ञात ठाउँमा रहनु भएको थियो ।
उहाँले आज सम्म राजीनामा दिने श्रीलङ्काको ससंदका सभामुख मार्फत जानकारी दिनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्