तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा लागुऔषधसहित एक युवक पक्राउ

चितवन । चितवनमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोतीयारी स्थायी घर भई हाल भरतपुर महानगर वडा नम्बर २ बस्ने तफिक उमर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्थायी प्रहरी बिट गणेशस्थान चितवनबाट खटिएको प्रहरी गस्ती टोलिले भरतपुर महानगरपालिका वडा नं. ११ गणेशस्थान स्थित सडकमा शङ्कास्पद रुपमा उभिरहेका उनलाई चेकचांँच गर्दा उक्त परिमाणमा लागु औषध फेला पारेको हो ।

उनको साथबाट नोफिन ५९ एम्पुल डाईजेपाम ४९ एम्पुल,फेनेरागन ८५ एम्पुल सहित उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button