ट्र्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
चितवन । आज दिउसो चितवनमा ट्र्याक्टर र अटो ठोक्किँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा अटोमा सवार राप्ती नगरपालिका वडा नम्बर ५ की शोभनी कुमारी थरुनी रहेकी छिन भने सोही ठाउँका बजही थारु र चालक जियान महतो गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउसो १ बजे रत्ननगर नगरपालिका–७ सिसुवार स्थित भित्री सडकखण्डमा चित्रसारीबाट सौराहातर्फ आउँदै गरेको ना ४ त नम्बरको ट्र्याक्टरले चित्रसारीतर्फ जाँदै गरेको ना २ ह २२८५ नम्बरको अटोसँग ठोक्किएको थियो ।








प्रतिक्रिया राख्नुहोस्