तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस बैठकमा केन्द्रीय परिचालन समितिको प्रतिवेदन प्रस्तुत

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गरिएको छ ।

सोमबार भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरू र प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइरालाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी बैठकमा आमन्त्रित पार्टीका प्रदेश सभापतिहरू उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजङ्ग शाही र वीरबहादुर बलायरले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक यही असार २८ गते दिउँसो १ बजे पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button