दलहरुबीच अस्वास्थ्य प्रतिस्पर्धा बढेको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक शक्तिहरूले राजनीतिक दलहरूलाई अलोकप्रिय बनाउन खोजिरहेको भन्नुहुँदै दलहरुबीच अस्वास्थ्य प्रतिस्पर्धा बढेको बताउनुभएको छ ।
ललितपुरमा आज सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष ओलीले सङ्घीयता जनतालाई सेवा सुविधा उपलब्ध गराउने प्रणाली भएपनि अहिले मन्त्री पदका लागि जागिर खाने थलो भएको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले देशमा वैदेशिक मुद्राको सञ्चिति नभएको भन्नुहुँदै नयाँ काम गर्न बैङ्कहरूबाट कर्जा लिने अवस्था समेत नभएको र विकास निर्माणका लागि आवश्यक सामाग्री आयात गर्ने पनि रकम नभएको बताउनुभयो ।
सम्पादकहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले उत्पादन बढाउन लगानी बढाउनुपर्ने भएपनि त्यो अवस्था अहिले नभएको र सबैले यसतर्फ गम्भीर बन्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्