तपाईँ सुन्दै हुनुहुन्छः

टेकुस्थित ट्रान्सफर स्टेसनमा रहेको फोहोरमा जीवातु राखेर प्लाष्टिक छोपियो

काठमाडौँ । काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । 

बर्खाको बर्षातले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन । महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय सदस्य इन्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर सङ्कलन गरेर ट्रान्सफर स्टेसनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । 

यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्यून हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button