ब्राजिलले मुद्रास्फीतिले निम्त्याएको आर्थिक चुनौतीहरू पार गर्दैछ : राष्ट्रपति
रियो दि जेनेरियो । ब्राजिलले मुद्रास्फीतिका कारण उत्पन्न आर्थिक चुनौतीहरूको राम्रोसँग सामना गरिरहेको राष्ट्रपतिले दाबी गरेका छन् । राष्ट्रपति जायर बोल्सोनारोले वर्तमान समस्याहरू क्षणिक रहेको र समस्या समाधान उन्मुख रहेको बताएका छन् ।
उनको सरकारले आपतकालीन सहायता कार्यक्रम र सन् २०२० मा महामारीको सङ्कट अवधिमा अनुबन्ध निलम्बन गर्ने वा ज्याला घटाउने कम्पनीहरूबाट कामदारहरूलाई भुक्तानी गर्ने कार्यक्रम सिर्जना गरेको थियो जुन अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
देशको मुद्रास्फीति सूचकाङ्क, राष्ट्रिय उपभोक्ता मूल्य सूचक जुन महिनामा ०.६७ प्रतिशतमा पुगेको छ । पछिल्लो १२ महिनामा ११.८९ प्रतिशत संचयी परिवर्तन देखिएको ब्राजिलियन इन्स्टिच्युटले शुक्रबार उल्लेख गरेको छ । पछिल्लो तीन हप्तामा इन्धनको मूल्यमा ८.९८ प्रतिशतको गिरावट देखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्