तपाईँ सुन्दै हुनुहुन्छः

फोनिजले तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले तीन महिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

फोनिजको काठमाडौँमा सम्पन्न सङ्घीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज २७ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो ।

अभियान अवधिमा फोनिजको जिल्ला र विदेश शाखा, प्रादेशिक समितिहरूको बैठक सञ्चालन, वार्षिक क्यालेन्डर निर्माण, प्रशिक्षण लगायत कार्य गरिने महासचिव मिलन लिम्बूबाट प्रस्तुत कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै तीन महिने अभियानकै बीच फोनिजले आफ्ना सदस्यहरूको अभिलेखलाई डिजिटलाइज गर्ने जनाएको छ । अब सदस्यताका लागि अनलाइन प्रणालीमार्फत आवेदन दिने र अनलाइनबाटै सदस्यता स्वीकृति लगायत प्रक्रिया सम्पन्न हुने महासचिव लिम्बूले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button