सिकलसेल रोग रोकथामका लागि जनचेतना आवश्यक

बर्दिया । सिकलसेल एनिमिया तथा थालेसेमिया रोग निवारणका लागि सामाजिक रुपमा जनचेतना आवश्यक रहेको विषयमा छलफल भएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा गुलरियामा भएको सिकलसेल थालेसेमिया रोगबारे संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सिकलसेल एनिमिया तथा थालेसेमिया रोग निवारणका लागि सामाजिक रुपमा जनचेतना आवश्यक रहेको बताइएको हो ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले सिकलसेल तथा थालेसेमिया रोगको रोकथामको समुदायमा जनचेतनाको आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बर्दियाले ८ वटै स्थानीय तहबाट २ हजार जनामा सिकलसेल तथा थालेसेमिया रोगको जाँच गर्दा गर्दा १७.६७ प्रतिशत थारु समुदायमा मधेसी समुदायमा ४ प्रतिशत र पहाडी समुदायमा ० प्रतिशत पाइएको उहाँले जानकारी गराउनुभयो ।
यो रोग थारु समुदायमा बढी देखिए पनि अन्य समुदायमा अन्य समुदायमा छिटफुटमा देखिने गरेको छ ।
कार्यक्रममा वंशाणुगत रोग रहेकोले विवाह गर्न रोगी रोगी विवाह नगर्ने, जो कसैले पनि विवाह गर्दा सिकलसेल परिक्षण गरेर मात्र गर्ने विवाहको साइत मिलाउँदा सिकलसेल थालेसेमिया कुण्डली मिलाउने लगायतका विषयमा जानकारी गराइएको पनि बताउनुभयो ।
सिकलसेल तथा थालेसिमिया रोग नेपालमा जनस्वास्थ्य समस्याको रुपमा लिइएको छ । राज्यले यस रोग निवारणका लागि उपचारसँगै सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।
अहिलेको तथ्याङ्क हेर्दा बर्दिया जिल्लामा सबभन्दा धेरै सिकलसेल तथा थालेसेमिया रोग बिरामीहरू भेटिएका छन् ।
भेरी अस्पताल नेपालगंजमा उपचार गराई रहेकाहरूको पाँच जिल्लाको सिकलसेल रोगको बिरामीको अनुपात हेर्दा बर्दियाबाट ५ सय ६१, दाङबाट ३ सय, कैलालीबाट १ सय ८०, बाँकेबाट १ सय २८ र सुर्खेतबाट ३१ जनाले रहेको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षण कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।
यसअघि बारबर्दिया नगरपालिकामा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले थारु समुदायका १ वर्षदेखि २९ बर्ष उमेर समूहका २० हजार जनामा सर्वेक्षण गर्दा ११.३ प्रतिशत सिकलसेल भएको पाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्