तपाईँ सुन्दै हुनुहुन्छः

रोटरी क्लब अफ गोङ्गबुले गर्‍यो वृक्षारोपण

काठमाडौँ । रोटरी क्लब अफ गोङ्गबुले आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

क्लबले तारकेश्वर नगरपालिका–६ बस्नेतटारका राधाकृष्ण मन्दिरको खर्कापाखोमा वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर उपप्रमुख सिर्जना बुर्लाकोटीले वृक्षारोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिनुभयो।

क्लबका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले  ‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै ५० वटा विभिन्न जातका बिरुवा रोपेको जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button