तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगङ्गामा मतगणना जारी : चार वटा जितेर एमाले दोब्बर मतले अगाडी

एमाले विजयी   वडामा एमाले बिजयीबाजुरा । बाजुराको बुढीगंगाका नगरपालिकाका वडा नम्बर १, २, ९ र १० नम्बर वडाको मतगणना सकिएको छ । गणना सकिएका ४ वटै वडामा वडा अध्यक्षसहित एमालेको सिंगो प्यालन विजयी भएको छ ।

मयेर उपमेयरमा पनि एमालेका उम्मेदवारफराकिलो अन्तर सहित अगाडि रहेका छन् । चार वटा वडाको मत गणना सकिँदा एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँ ११ सय ५२ मतले अगाडि हुनुहुन्छ । बानियाँले २ हजार ४ सय ४३ र काँग्रेसका रंग खातीले १२ सय ९१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा एमाले उम्मेदवार माया खड्का कुँवर ११ सय ५ मतले अगाडि हुनुहुन्छ । कुँवरले २४ सय १७ प्राप्त गर्दा कांग्रेसकी उम्मेदवार रिता शाहीले १३ सय १२ मत प्राप्त गर्नुभएको छ ।
बुढीगंगामा ९ हजार १ सय १७ मत खसेको छ ।

अहिले वडा नम्बर ३ र ८ को गणना सुरुभएको छ । गणना हुने ३ नम्बर वडाममा एमालेको र ८ नम्बर वडामा काँग्रेसको पकड छ । ३ नम्बर वडा एमाले नेता लालबहादुर थापा, एमाले उपमेयरका उम्मेदवार माया कुँवर र काँग्रेसबाट उपमेयरका उम्मेदवार रिता शाहीको गृह वडा हो । ८ नम्बर एमाले मेयरका उम्मेदवार रामबहादुर बानियाँ र काँग्रेस बाजुराका नेता मनबहादुर रावलको गृह वडा हो । मतगणना भोली बिहानसम्म सकिने अनुमान गरिएको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थिले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button