तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा(एस)को प्रमुख सचेतकमा यादव

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लगायत देशको समसामयिक विषयमा छलफल भएको छ ।

file photo

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकमा देशभर पार्टी सङ्गठन र जनवर्गीय सङ्गठन विस्तार गरी आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी अभियानमा क्रियाशील हुने विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गर्ने र पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button