सक्रियतापूर्वक पार्टी काममा लाग्न एमाले अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट कार्ययोजनासहित पार्टीका कामलाई सक्रियतापूर्वक अघि बढाउन केन्द्रीय विभागलाई निर्देशन दिनुभएको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठकमा अध्यक्ष ओलीले अब हुने निर्वाचनअघिका चार महिना पार्टीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गराउँदै योजनाबद्ध रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा महासचिव शङ्कर पोखरेलले विभागले गर्नुपर्ने कामका बारेमा स्पष्ट पार्नुभएको थियो । एमालेमा हाल ३३ विभाग छन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्